उर्लाबारी बहुमुखी क्याम्पसका  विद्यार्थीद्वारा  नमुना बाल गृहलाई सहयोग

२०८० मंसिर ३०, शनिबार
पढ्ने समय : < 1 मिनेट

मोरङको उर्लाबारी -४ मा रहेको उर्लाबारी बहुमुखी क्याम्पस कक्षा -११ मा अध्यनरत विद्यार्थीहरुले उर्लाबारी -७ मा रहेको नमुना बाल गृह अवलोकन गर्दै बाल गृहलाई आर्थिक सहयोग जुटाएका छन् ।

उक्त अवलोकन भ्रमणमा कक्षा -११ का विद्यार्थीहरु र  प्राध्यापकहरुको सांझेदारीमा बाल गृहलाई नगद आठ हजार र पाँच हजार बराबरको आवश्यक सामाग्री सहयोग गरेको विद्यार्थी तर्फका संयोजक साहिल चौधरीले जानकारी दिएका छन् । भने उक्त भ्रमणलाई सफल बनाउनका लागि सहजकर्ताको रुपमा स्वतन्त्र विद्यार्थी युनियनका सभापति विवेक कार्की , क्याम्पस ब्यवस्थापन समिति सदस्य गिता अधिकारी गौतम , प्राध्यापकहरु भिस्मा रेग्मी भट्टराई , प्रकाश पौडेल लगायतको उपस्थिति रहेको  थियो ।

सामाजिक बिसयको प्रयोगात्मक कार्य अन्तर्गत नमुना बाल गृह भ्रमणको कार्यतालिका बनाएर विद्यार्थीलाई उक्त गतिविधिमा सामेल गराउने सोही बिसयका शिक्षक प्रकाश पौडेल हुनुन्छ ।
पछिल्लो समय विद्यार्थीहरु पुस्तकको ज्ञानमा मात्र सिमित भएको अवस्थामा विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र  समाजसँग प्रत्यक्ष सम्पर्क गराउदा विद्यार्थीहरुले सामाजिक उत्तरदायित्व बुझ्ने मौका पाउन भनेर उक्त अवलोकन  भ्रमण तय गरिएको शिक्षक प्रकाश पौडेलले जानकारी दिनु भएको छ । त्यस्तै विद्यार्थीहरुको समाजलाई हेर्ने दृस्ठिकोणमा , सोचमा , ब्यवहारमा  समेत परिवर्तन गराउने उदेश्यले फलदायी रहेको पौडेलले बताउनु भएको छ ।

त्यस्तै स्ववियु सभापति विवेक कार्कीले उक्त आश्रममा हुर्किदै गरेका बालबालिकाका लागि उच्च शिक्षा हासिल गर्न उर्लाबारी बहुमुखी क्याम्पसमा निशुल्क ब्यवस्था गर्ने प्रतिबद्धता जायर गर्दै हाल पनि दुइ विद्यार्थीलाई निशुल्क क्याम्पसले शिक्षा प्रदान गरेको जानकारि दिनु भएको छ ।

त्यस्तै विद्यार्थी मुस्कान भट्टराईले बाल गृहको अवलोकन पछि जीवनमा धेरै सकारात्मक उर्जा थपिएको र उक्त बालबालिकाको पालनपोषण , शिक्षा , स्वास्थ्य , खेलकुद जस्ता क्षेत्रमा आश्रमका अविभावकहरुले राम्रो ख्याल राखेको बुझेको बताइन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय