माडवाडी युवा मञ्चले टोपी दिवस मनाउने

२०८० पुष ११, बुधबार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी । मोरङको उर्लाबारीमा ११ औं टोपी दिवस भब्यताको साथ मनाइने भएको छ ।माडवाडी युवा मञ्च उर्लाबारीको आयोजनामा टोपी दिवस मनाइने भएको हो । मंगलबार पत्रकार सम्मेलन गरी टोली दिवसलाई बार्षिक रुपमा मारवाडी युवा मञ्चले भब्यताका साथ मनाउने जानकारी गराइएको छ । पौष १६ गते उर्लाबारी चौकबाट ठूलो जमातको सहभागितामा बृहत ¥यालीसहित टोपी दिवस मनाउने तयारी गरेको मञ्चका अध्यक्ष विजय बाहेतीले जानकारी दिनुभयो ।उर्लाबारीभरीका संघसंस्थाको उल्लेखिय सहभागितामा कार्यक्रम गर्न लागिएको महासचिब किशन अटलले बताउनुभयो । सचिब अभिषेक अग्रवाल, सल्लाहकार पवन अग्रवाललगायतको सहभागिता रहेको थियो ।विश्व युद्धमा ढल्किएका वीरको शिरलाई शोभायमान गर्दै सगरमाथाका शिरसम्म लागेको यो मेरो टोपी अर्थात नेपाली टोपीको आज महिमा गान गर्न चाह्यौँ, कहिले शिर शोभायमान गर्दै त कहिले पसिनाको लाज राख्दै खेत देखि विदेशसम्म नेपालीपनको शान नेपाली टोपीको दिवसका विषयमा कुरा जति गरे पनि अपुग नै हुन्छ । शिरमा सगरमाथाको स्वरूपमा नेपाली टोपी हरेक नेपाली शिरमा शोभायमान छ, अनि सम्वतसंगै हरेक वर्ष जनवरि १ तारिखमा नेपाली टोपी दिवस मनाईँदै आएको छ । ढाका टोपी दिवस भने पनि नेपाली पुस्ताले ढाका टोपीसँगै भादगाउँले टोपीको पनि महत्व बुझ्न जरुरी छ । प्रथम राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बङ्गाली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात अहिलेको इस्टकोट अनि ढाका टोपी देखेर राम्रो लागि त्यही भेष नेपालमा लिएर आएका कथाहरू पनि ढाका टोपी पछाडिका अपुष्ट इतिहास हुन् । ‘ढाका’ नेपाली हातले बुनिने एउटा विशेष कपडाको प्रकार हो र त्यसबाट बनेको टोपी नेपालीको शान । ढाका टोपीको इतिहासलाई हेर्दा हामी भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ । त्यस समयमा भारतमै रहेको बङ्गलादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमशः ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यही टोपी नेपाली शानको पर्याय हुन गएको हो । आज नेपाल ढाका कपडामा स्वःनिर्भर छ, पाल्पा लगायतका धेरै ठाउँमा ढाका कपडाको उत्पादन हुने गर्दछ ।
नेपालका हरेक विवाह अनि समारोहमा ढाकाका कपडा, टोपी एवं चप्पल पवित्र एवं सम्मानजनक मानिन्छन् । नेपाली पहिरनमा ढाका टोपी अपरिहार्य छ, नेपाली राष्ट्रिय पोसाकमा ढाका टोपी बिना कुनै अर्थ रहँदैन पनि । जाँदा जाँदै एउटा अर्को गीतको शब्द सम्पूर्ण नेपाली नेतृत्वलाई छाड्न चाह्यौँ ।नेपाली हामी रहौँला कहाँ नेपालै नरहेनेपालै नरहेपहाड या हिमाल हैन तराई अनि विदेशमा रहेको नेपालीका लागि पनि यस टोपी उत्तिकै महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय