२१ औं वार्षिक साधारणसभा सम्पन्न गर्दै बेतिनी सामुदायिक वन

२०८० पुष १५, आईतवार
पढ्ने समय : < 1 मिनेट

दिपेन्द्र बराईली,
उर्लाबारी
मोरङको उर्लाबारी-२ मा रहेको बेतिनी सामुदायिक वनको २१ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको  छ ।

वन परिसरमा आज भएको  कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर गंगा प्रसाद खरेलको प्रमुख आतिथ्यता रहेको थियो भने, अतिथिहरुमा  विभिन्न संघसंस्था , सामाजिक ब्याक्तित्वहरु र सामुदायिक वन समुहका प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।

कार्ययोजना भित्रका विभिन्न कार्यक्रमहरु जसमा वन संरक्षण तथा विकासका कार्यक्रमहरु,  वन पैदावर संकलन तथा सदुपयोगका कार्यक्रमहरु , कृषि महिला तथा विपन्नमुखी आयमुलक कार्यक्रमहरु , संस्थागत विकासका कार्यक्रमहरु , सामुदायिक विकासका कार्यक्रमहरु , सिमसार संरक्षण तथा पर्या-पर्यटन विकासको कार्यक्रम जस्ता कार्यक्रमहरु आर्थिक बर्ष २०८०/८१ को प्रस्तावित वार्षिक कार्ययोजनाहरुलाई  समुहका अध्यक्ष भिम बहादुर राईले प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै आर्थिक बर्ष २०७९/८० को आय व्यय प्रतिबेदन र आर्थिक वर्ष २०८०/८१ को लागि अनुमानित आय व्यय तथा कार्य नितिका कार्यक्रमहरु समुहका कोषाध्यक्ष अर्जुन बाँस्तोलाले प्रस्तुत गर्नु भएको थियो। वार्षिक प्रगति प्रतिबेदन समुहकि सचिव अरुणा थापाले प्रस्तुत गर्नु भएको थियो ।

यस बर्ष कुल एक करोड सात हजार सात सय तेह्र रुपैयाँ आय गर्न सफल भएको उक्त सामुदायिक वनले उनान्सय लाख एक हजार तीन सय उनासी रुपैयाँ खर्च कटाएर एक लाख छ हजार तीन सय चौतिस रुपैया बचत गरेको छ ।

त्यस्तै उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारी ,जेष्ठ नागरिक , उत्कृष्ट वन हेरालु , उत्कृष्ट  प्रचारप्रसारमा पत्रकार , उपभोक्ता समुहका उत्कृष्ट टोलि प्रमुख जस्ता बिधामा नगद सहित प्रमाणपत्रले सम्मानित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय