पत्रकार भट्टराई सम्मानित

२०८० पुष १५, आईतवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी,

मोरङको उर्लाबारी नगरपालिका -२ मा रहेको बेतिनी सामुदायिक वनको २१ औं वार्षिक साधारणसभामा पत्रकार जगन्नाथ भट्टराई सम्मानित हुनुभएको छ।
संस्थाको बार्षिक साधारण सभाको अवसरमा पत्रकार भट्टराईलाई आज नगद  सहित सम्मान पत्रले  सम्मानित गरिएको हो।
सस्थाको सूचना सन्देश र  प्रवर्द्धनमा उल्लेखनीय भुमिका खेलेको भन्दै उहाँलाई सस्थाले आज सम्मानित गरेको हो।
पुर्वज्योती साप्ताहिक पत्रीकाका सम्पादक समेत रहेका पत्रकार भट्टराई बिगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएको छ।
वन परिसरमा आज भएको  कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर गंगा प्रसाद खरेलको प्रमुख आतिथ्यता रहेको थियो भने, अतिथिहरुमा  विभिन्न संघसंस्था , सामाजिक ब्याक्तित्वहरु र सामुदायिक वन समुहका प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय