तमु ल्होसार मनाउदैं उर्लाबारीका गुरुङ समुदाय

२०८० पुष १५, आईतवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी,

मोरङको उर्लाबारीमा तमु हयुल छोज धिं गुरुङ राष्ट्रिय परिषद उर्लाबारी नगर समितिले आज विभिन्न कार्यक्रमका साथ तमु ल्होसार मनाएको छ ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट क्घ आज गुरुङ समुदायको नयाँ बर्ष हो । त्यस्तै उक्त नयाँ बर्षलाई उर्लाबारीका गुरुङ समुदायले धुमधामका मनाएका छन् ।
तमु हयुल छोज धिं गुरुङ राष्ट्रिय परिषद उर्लाबारी नगर समितिका अध्यक्ष मदन गुरुङका अनुसार उर्लाबारी -६ मा रहेको तमु बौद्ध गुम्बामा नगर भरिका सम्पुर्ण गुरुङ समुदायको  उपस्थिति रहेको थियो ।

अध्यक्ष गुरुङले म्युजिक चेयर , छेलो, हाडी फोर , नाच्ने , गाउने साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु संचालन गरिएको जानकारी दिनुभयो । पुर्वकाल देखि पू्र्खाहरुले मनाउदैं आएको उक्त पर्वलाई भावी सन्ततिहरुका लागि आफ्नो भाषा धर्म , संस्कृति , भेषभुषा , रितिरिवाजलाई संरक्षण गर्नका लागी सबै एक जुटहुन आवश्यक रहेको  अध्यक्ष गुरुङले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय