धिमाल पत्रकार मञ्चको अध्यक्षमा पुनः विजय

२०८० पुष २१, शनिबार
पढ्ने समय : < 1 मिनेट

माेरङ २१, पुस
माेरङकाे उर्लाबारीमा आयाेजित धिमाल पत्रकार तथा साहित्य उथ्थान मन्चकाे तेस्रो राष्ट्रिय अधिवेशनबाट पुनः विजय धिमालकाे अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएकाे छ ।
धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालयकाे सभाहलमा कार्यक्रमकाे आयाेजना भएकाे हाे । समितिमा पुनः उपाध्यक्षमा अष्टनारायण धिमाल, महिला उपाध्यक्षमा दिपा धिमाल त्यस्तै महासचिवमा राजेन्द्र धिमाल, सचिवमा दिनेश धिमाल, काेषाध्यक्षमा प्रिया धिमाल सदस्यहरुमा डम्बर धिमाल, जगत धिमाल, विकास धिमाल, गाेविन्द धिमाल, काजल धिमाल, अन्जलि धिमाल र राेशन धिमाल सर्वसम्मत चयन भएको  हाे । हाल १३ जना कार्यसमिति चयन भएभने दुइजना पहिलाे बैठकले मनाेनित गरिने मन्चका अध्यक्षले जानकारी दिए ।
धिमाल पत्रकार, मिडिया हाउस र विभिन्न संचार माध्यमा कामकाे अनुभव, भाेगाइ, चुनाैती लगायत चर्चा परिचर्चा र आगामी दिनहरूमा जुझारुका साथ लाग्न् उपस्थित अतिथिहरुले आफ्नो भनई राखेका थिए ।
कार्यक्रमकाे प्रमुख अतिथि धिमाल जातीय विकास केन्द्रकाे केन्द्रीय सह-अध्यक्ष कृष्ण बहादुर धिमाल, अतिथिहरुमा धिमाल जातीय विकास केन्द्रकाे केन्द्रीय काेषाध्यक्ष रत्नबहादुर धिमाल, धिमाल जातीय विकास केन्द्रका सचिवालय सदस्य अजित कुमार धिमाल, धिमाल जातीय विकास केन्द्रका परियोजना विभाग सदस्य राम प्रसाद धिमाल लगायत रहेका थिए र धिमाल पत्रकार तथा साहित्य उथ्थान मन्चका अध्यक्ष विजय धिमालकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रमकाे स्वागत मनतव्य उपाध्यक्ष अष्टनारायण धिमाल गरे भने महिला उपाध्यक्ष दिपा धिमालले अौपचारिक कार्यक्रम संचालन गरेकि थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय